• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: काले र.भुन्टी...


10 वर्षको शेरेको छोरो काले र मुन्द्रेको 9 वर्षकी छोरी भुन्टी सँगै खेल्थे । कालेलाई महसुस भएछ कि उनीहरु दुईजना एकअर्कालाई एकदमै माया गर्छौँ । अब बिहे गर्नुपर्छ । यति सोचेर कालेले हिम्मत गरेर मुन्द्रेलाई भनेछ: अंकल म र भुन्टी एकदमै माया गर्छौँ, तपाईसँग उसको हात माग्न आएको हुँ ।
मुन्द्रेलाई कालेको कुराले अचम्म पार्छ । अनि गाली गर्नको सट्टा हाँस्दै भन्छ: यार, तिमी त बल्ल 10 वर्षको भयौ तिम्रो आफ्नै घर पनि छैन । अनि मेरी छोरीलाई कहाँ राख्छौ त ?
काले: तपाईको छोरीको कोठामा किनकी त्यो मेरो कोठाभन्दा ठुलो छ । त्यो कोठा भए हामी दुईलाई पुगीहाल्छ नि ।
मुन्द्रे: ठीकै छ तर तिमीहरुले कसरी गुजारा चलाउछौ, यो उमेरका लाई त कसैले जागिर पनि दिदैन ।
काले: हाम्रो पकेट खर्च छ नि । उसले हप्ताको 50 पाउछे, अनि मेरो 100 रुपया । यो हिसाबले हामी दुइको गरेर महिनामा लगभग 600 हुन्छ, जुन हाम्रो आवश्यकताको लागि मज्जाले पुग्छ ।
मुन्द्रे चकित पर्छ । कालेले त्यति पछिसम्म कुरा सोचिसकेको रैछ । जसरी पनि उसलाई सम्झाउनु थियो । एकैछिन पछि हाँस्दै भनेछ: यो त अति राम्रो कुरा हो । तिम्ले राम्रोसँग प्लान बनाएका छौ तर यदि तिमीहरुको बच्चा भयो भने त यो पकेट खर्चले पुग्दैन नि ।

काले: अंकल, हामी मुर्ख छैनौँ... आजसम्म त बच्चा हुन दिएका छैनौँ भनेँ पछि पनि रोकीहाल्छौँ नि ।